मधेश प्रदेश मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणको नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

२०८२ वैशाख ८ सोमबार
सारांश
  • मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुबै जनालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार (आज) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुबै जनालाई गृहमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका हुन ।

जनकपुर : मधेश प्रदेश सरकार अन्तर्गत मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका नव नियुक्त अध्यक्षद्वय कमल उपाध्याय र जीतेन्द्र खड्गले सपथ ग्रहण गरेका छन् ।


मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  दुबै जनालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार (आज) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुबै जनालाई गृहमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका हुन ।


नियुक्त भएका दुवै जना लामो समयदेखि पत्रकारितामा आबद्ध छन् । उपाध्याय बाराका तथा खड्ग सप्तरीका बासिन्दा हुन् ।


मन्त्री लेखीका अनुसार, सञ्चार क्षेत्रको सुधार, नियमन, अनुगमन र विकासमा दुवै निकायको महत्वपूर्ण भूमिका रहनेछ ।


सो क्रममा बोल्दै मुख्यमन्त्री सतीस कुमार सिंहले दुबै जनालाई विगतमा भएका कार्यहरुलाई निरन्तरता दिनुका साथै मधेश प्रदेशमा मिडिया सेक्टरमा गर्नु पर्ने कार्यहरु प्रभावकारी ढङले अगाडि बढाउन निर्देशन दिए । 


मधेश प्रदेशमा पत्रकारितालाई मर्यादित बनाउने हिसाबले कार्य गर्न मुख्यमन्त्री सिंहले नवनियुक्त अध्यक्षहरुलाई निर्देशन दिनु भयो । राज्य र पत्रकारबीच पुल सरह काम गर्दै पत्रकारिता र सञ्चार माध्यमहरुमा विद्यमान समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्न उनले सुझाव दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार