स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय
२०८२ वैशाख ८ सोमबार
- प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार प्रदेश सरकारले स्वीकृत गरेका योजनाहरूलाई यही आर्थिक वर्षमा सम्पन्न गर्नका लागि सो रकम बराबरको वित्त हस्तान्तरण गर्ने निर्णय भएको छ ।
इटहरी : कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार प्रदेश सरकारले स्वीकृत गरेका योजनाहरूलाई यही आर्थिक वर्षमा सम्पन्न गर्नका लागि सो रकम बराबरको वित्त हस्तान्तरण गर्ने निर्णय भएको छ ।
यस्तै मन्त्रीपरिषद्को बैठकले विपद् व्यवस्थापन नियमावली २०८२ लाई अध्ययनका लागि समितिमा पठाउने निर्णय भएको मन्त्री भण्डारीले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’