- आइतबार नेकपा एमाले रामेछापको चौथो विस्तारित बैठकमा बोल्दै सिलवालले प्रदेश सरकारले नागरिकका समस्या समाधान गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
रामेछाप : वाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले वाग्मती प्रदेश सरकाले अब फरक ढंगले काम गर्ने बताएका छन् ।
आइतबार नेकपा एमाले रामेछापको चौथो विस्तारित बैठकमा बोल्दै सिलवालले प्रदेश सरकारले नागरिकका समस्या समाधान गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘आवश्यकताको आधारमा योजना लिएर आउन्, प्रदेश सरकारले यथोचित सम्बोधन गर्छ’, उनले भने ।
अहिले पनि केन्द्र र प्रदेश सरकारले काम गरिरहेको बताउँदै सिलवालले केही भएको छैन, केही हुँदैन भनी फिँजाइएको भ्रम चिर्न आवश्यक रहेको बताए । राजतन्त्र र गणतन्त्रको बेलामा भएको काम तुलना गरेर हेर्न पनि उनले आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनामा शङ्का नगर्न आग्रह गरे । ‘नेपालको राजनीतिमा केपी ओलीको योगदान तीन पुस्ता पछिले पनि सम्झने छ’, उनले भने ।
केही मानिसले युरोप र अमेरिकाको कुरा मोबाइलमा हेरेर राजनीतिक दललाई गाली गरिरहेका बताउँदै उनले त्यसको लागि समय लाग्ने स्पष्ट पारे ।
‘एकै पटक सबै अभिलासा पुरा हुँदैन, समय लाग्छ तर हाम्रै पालामा समृद्धि आउँछ, समृद्धि सम्भव छ, हाम्रा छोरा नातीले सुन्दर देशमा बसेर विश्वलाई देशमा आउन आमन्त्रण गर्न सक्छन्’, उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’