- कर्णाली सरकारले चालु आर्थिक बर्षमा विनियोजन गरेको कूल बिकास बजेटको १५.१९ प्रतिशत मात्रै हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले विकासतर्फ १८ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सुर्खेत । कर्णाली सरकारले जम्मा १५ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षको आठ महिनामा कर्णाली सरकारको बिकास बजेट दुई अर्ब ८५ करोड २५ लाख रुपैयाँमात्रै खर्च भएको छ ।
कर्णाली सरकारले चालु आर्थिक बर्षमा विनियोजन गरेको कूल बिकास बजेटको १५.१९ प्रतिशत मात्रै हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले विकासतर्फ १८ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सरकारको बजेट खर्च बर्सेनी कमजोर देखिँदै आएको छ । सरकारले बजेट कार्यान्वयनको अवस्था बढाउने प्रतिबद्धता जनाउँदै आएको भए पनि नतिजा देखिएको छैन । सरकारका विभिन्न मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको दायरा बढाउन निर्देशन दिए पनि बजेट कार्यान्वयनले गती लिन सकेको छैन ।
चालु आर्थिक वर्ष सरकारले ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको भए पनि बजेट कार्यान्वयनको अवस्था हेर्दा लक्ष्य हाँसिल गर्न सकिने अवस्था नरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका एक कर्मचारीले बताए । ‘बजेट कार्यान्वयनको प्रगती आशा लाग्दो देँखिँदैन’ उनले भने, ‘यही गतिमा सरकारले लिएको लक्ष्य हाँसिल गर्न सकिँदैन ।’
सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक बर्षको यो अवधीसम्म जम्मा एक अर्ब ७३ करोड एक लाख रुपैयाँमात्र खर्च गरेको छ । यो कूल बजेटको १७ प्रतिशत मात्रै हो । यो मन्त्रालयसँग चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड ८२ लाख बराबरको विकास बजेट छ ।
सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षको फागुन महनिासम्म २०.७२ प्रतिशत बजेट खर्च गरेको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ८.११ प्रतिशतमा सिमित भएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ११.४४, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४.९४ प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरेको लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी दीपेन्द्र मगरातीले बताए । चालु आर्थिक वर्ष कर्णाली सरकारले ३१ अर्ब ४१ करोड कुल बजेट विनियोजन गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।