- बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए ।
हेटौंडा : बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् ।
बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए ।
प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत दोस्रो कार्यकालको पाँचौ अधिवेशनको सातौं बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेश गरी पारित गर्नुपर्ने भएकाले प्रदेश सभा बैठक आव्हान गरिएको उनले बताए ।
यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २, माघ २४ मा १ र माघ २६ मा २ वटा बैठकहरु संचालन भएका थिए । सो पश्चात अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिनापछि आह्वान गरिएको हो ।
गत माघ २६ गते बसेको प्रदेशसभा बैठकले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो भने अन्य ४ विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो ।
प्रदेशसभाकी सूचना अधिकारी हेमा न्यौपानेका अनुसार प्रदेशसभाको बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेश हुनेछ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधन सहित प्रतिवेदन पेश हुने कार्यसूचि रहेको उहाँको भनाई छ । प्रदेश सभा बैठक आव्हान भएसँगै संसदीय समितिको बैठक बसेत बोलाइएको छ ।
सूचना अधिकारी न्यौपानेका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ भने उद्योग पर्यटन तथा वातावरण समितिको बैठक चैत १७ र १८ गते बस्ने तय भएको छ । उक्त बैठकले प्रदेश सभामा पेश हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिने उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।