गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता

२०८१ चैत्र ४ सोमवार
सारांश
  • पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनलगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

गण्डकी, ४ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच आज भेटवार्ता भएको छ ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए । युएनडिपीले दिगो विकास, फोहरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशमा महत्त्वपूर्ण सहयोग गरेकामा उनले प्रशंसा गरे ।

 

पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनलगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

 

यी क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती विस्तार गर्न र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए।

 

नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको पर्यटन, खेल पर्यटन, धार्मिक पर्यटनको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताए । भेटमा युएनडिपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारिक कार्यक्रम भएको बताए ।

 

पिएलजिएसपी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका कार्यक्रमको प्रभावकारिताका बारेमा उनले चासो व्यक्त गरे । उक्त अवसरमा युएनडिपीको सहकार्यमा सञ्चालित पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल गरिएको थियो ।  

 

गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराउनुभयो । भेटघाटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडिपीका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुकालगायत प्रतिनिधिमण्डलको सहभागिता थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार