‘सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका आवश्यक’

२०८१ फागुन २५ आईतवार
सारांश
  • आफ्नो स्रोत र साधनलाई अधिकतम उपयोग गरी प्रदेशको समृद्धि र जनताको जीवनस्तर उकास्न कार्य गरिरहेको उनले बताए ।

मोरङ, २५ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताएका छन् ।

 

विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौँ वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको कतिपय क्षेत्रहरु प्रदेशलाई हस्तान्तरण भएमा सङ्घीयताको सबल कार्यान्वयनमा सहज हुने धारणा राखे । आफ्नो स्रोत र साधनलाई अधिकतम उपयोग गरी प्रदेशको समृद्धि र जनताको जीवनस्तर उकास्न कार्य गरिरहेको उनले बताए ।

 

मुख्यमन्त्री कार्कीले भने, “अब हामी आफ्नै प्रयत्नमा उत्पादन र स्वरोजगारमूलक बजेट बनाएर काम गर्ने तयारीमा छौँ ।”

 

छलफलमा भाग लिँदै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र डा सोमलाल सुवेदीले संविधानका धेरै विषय र अनुसूचीलाई परिवर्तन गरेर संविधान कार्यान्वयन गरी व्यवहारमा उतार्न आवश्यक भएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार