संघीय सरकार मातहतको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

२०८१ फागुन २५ आईतवार
सारांश
  • आईतबार प्रादेशिक आपतकालिन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले कर्णालिको प्राकृतिक विपत्तीमा हुने जोखिम कम गर्न र प्राकृतिक प्रकोप पछिको पुनर्निर्माण, पुर्नस्थापना र राहतका लागि सरकार गम्भीर रहेको बताएका हुन् ।


सुर्खेत: गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनर्स्थापना गर्ने कार्य भईरहेको बताएका छन् । आईतबार प्रादेशिक आपतकालिन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले कर्णालिको प्राकृतिक विपत्तीमा हुने जोखिम कम गर्न र प्राकृतिक प्रकोप पछिको पुनर्निर्माण, पुर्नस्थापना र राहतका लागि सरकार गम्भीर रहेको बताएका हुन् । 


यसअघि संघीय सरकार मातहत रहेको आपतकालिन गोदामघर कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले व्यवस्थापन सहित सञ्चालन गर्ने छ । विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री राख्ने गोदामघर संघीय सरकारका तपफर््बाट गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका छन् । 


गोदाम घर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले पश्चिम नेपाल जोखिमको भूगोलमा रहेकोले भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहरजस्ता जोखिममा परेकाहरुको आपतकालिन उद्वार र राहतका लागि प्रभावकारी हुने बताए । 


आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गर्नु संघीयता कार्यान्वयनको बिषय भएको पनि गृहमन्त्री लेखकले बताए ।


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्न सात बर्ष लागेको भन्दै भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको बताए । 


विपद् जोखिममा रहेको कर्णाली प्रदेशले विभिन्न किसिमका सुरक्षा कार्यत्रफ्म अपनाए पनि विविध जटिलताहरूसँग समान गर्नुपरेको बताए । जग्गा व्यवस्थापनको अधिकार प्रदेशले नपाउँदा प्रदेशले आवश्यक संरचना बनाउन नसकिरहेको जानकारी उनले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार