‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’

२०८१ फागुन १८ गते आईतवार
सारांश
  • मुख्यमन्त्री कार्कीले भाषाको प्रयोगका सम्बन्धमा आवश्यक छलफल, कानुन निर्माण, लिपि खोजबिन, विकास र प्रवर्द्धनतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

मोरङ, १८ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मैथली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन्।

 

सार्वजनिक सेवा प्रसारण सेवा नेपाल, रेडियो नेपालद्वारा आज विराटनगरमा आयोजित ‘नेपालको समावेशी आवाज रेडियो नेपाल, राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारण सवाल र भूमिका’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले भाषाको प्रयोगका सम्बन्धमा आवश्यक छलफल, कानुन निर्माण, लिपि खोजबिन, विकास र प्रवर्द्धनतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

सबै जातजातिका धर्म, संस्कृति, भाषा संरक्षण गरी राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिँदै उनले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन र दुव्र्यसन न्यूनीकरणका लागि रेडियोमा जोड्नुपर्ने सुझाव दिए । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद्को समयमा सरकारी सञ्चारमाध्यमले समाजलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

 

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा छरिएर रहेका विभिन्न जातजातिले बोल्ने भाषाको संरक्षणमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रम संयोजक ताराप्रसाद वस्ती र तारणीप्रसाद कोइराला स्मृति सञ्चारगृह विराटनगरका निर्देशक पुष्करराज गौतमले सञ्चारगृहले गरेका कार्यबारे जानकारी गराएका थिए । 

 

अन्तरक्रियामा प्रदीप भगत, चन्द्र राजवंशी, सूर्यनारायण मुडियारी, उपप्राध्यापक महाप्रसाद खतिवडाले रेडियो नेपालले विभिन्न भाषामा प्रसारण गर्ने समाचारका सम्बन्धमा जिज्ञासा राखेका थिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार