प्रदेश खबरले सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने
२०८१ माघ २३ गते बुधवार
- बुधबार एक सूचना जारी गर्दै नयन एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय गरेको जानकारी दिएको हो।
इटहरी : इटहरीबाट सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर डट कम अनलाइनले आफ्नो स्थापनाको दुई वर्ष पूरा गरी तीन वर्षमा प्रवेश गरेको अवसरमा सुनसरीमा सक्रिय सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै नयन एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय गरेको जानकारी दिएको हो।
नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीका अनुसार उक्त बीमा योजनाका लागि इच्छुक सञ्चारकर्मीहरूले अनिवार्य रूपमा नागरिकताको प्रतिलिपि, आबद्ध मिडिया हाउसको परिचयपत्र वा मिडिया हाउसको सिफारिस पत्र इमेल वा ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ।
जसका लागि प्रदेश खबरको आधिकारिक इमेल पजबदबचउचबमभक२नmबष्।िअयm मा कागजात उपलब्ध गराउन सकिने उनले जनाए ।
यसै अवसरमा प्रदेश खबर डट कमले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ। सो अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।