गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

२०८१ माघ २१ गते सोमबार
सारांश
  • बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश प्रदेशसभा समक्ष पेस गरेका थिए ।

गण्डकी, २१ माघः गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ ।

 

बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेश सभाको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

 

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश प्रदेशसभा समक्ष पेस गरेका थिए ।

 

यस्तै, बैठकले प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक माघ ३० गते दिनको १ः०० बजे बस्ने सभामुख धितालले जानकारी गराए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार