ल्होसार पर्व मनाउने प्रक्रिया हेर्दा एक दिन सरकारी बिदा पर्याप्त छैन् : मुख्य मन्त्री लामा
२०८१ माघ १७ गते विहिवार
- बिहीबार सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र नभएको भन्दै ल्होसार हरेक तामाङ समुदायले घर –घरमा विधि अनुसार मनाउनु पर्ने बताए ।
काठमाडौं : बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रक्रिया हेर्दा एक दिन सरकारी बिदा पर्याप्त नरहेको बताएका छन् ।
बिहीबार सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र नभएको भन्दै ल्होसार हरेक तामाङ समुदायले घर –घरमा विधि अनुसार मनाउनु पर्ने बताए ।
उनले भने, ‘ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रकृया हेर्दा आज जे गरिरहेका छौं सहि नै भयो भन्ने मलाई लाग्दैन् । ल्होसार मनाउने सबै प्रकृया पूरा गर्नको लागि एक दिन सरकारी बिदा पर्याप्त छैन् । ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र पनि होईन् । जबसम्म प्रत्येक तामाङ समुदायको घर –घरमा विधि अनुसार माईँदैन् तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको जगेर्ना हुँदैन् ।’
त्यस्तै उनले अहिले तामाङ समुदाय संस्कृति पुनजागरणको चरणबाट गुज्रिरहेको बताए । एक जाति एक भाषा एक भेषाको सरकारी नीतिको कारण मौलिक संस्कार र संस्कृति लोप भएको भन्दै उक्त संस्कार र संस्कृतिको खोज अन्वेषण र अवलम्बन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘यतिबेला तामाङ समुदाय संस्कृति पुनजागरणको चरणमा गुज्रिरहेको छ । हिजो एक जाति एक भाषा एक भेषाको सरकारी नीतिको कारण हाम्रा मौलिक संस्कार र संस्कृति लोप हुन पुगे । यसरी लोप भएको संस्कार र संस्कृतिको खोज अन्वेषण र अवलम्बन गर्ने कार्य गरेका छौं ।’
मुख्यमन्त्री लामाले ल्होसारलाई सार्वजनिक महत्व र कार्यक्रम भन्दा पनि घरभित्रको पर्वको रुपमा स्थापित गर्नुपर्ने बताए । विश्वव्यापीकरण र आधुनिकीकरणले नेपालको संस्कृतिमाथि प्रहार भइहरको बताउँदै उनले ल्होसार लगायत मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्न सरकार र नागरिक स्तरबाट ऐकेबद्धताको प्रयास गर्न आवश्यक रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।