सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छ: मुख्यमन्त्री कार्की
२०८१ माघ ९ गते बुधवार
- विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले गरेका काम सम्मानजनक रहेको उनको भनाइ छ ।
धरान (सुनसरी), ९ माघः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरी बलको भूमिका अग्रणी रहेको बताएका छन् । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले गरेका काम सम्मानजनक रहेको उनको भनाइ छ ।
आज सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजित २४औँ सशस्त्र प्रहरी दिवस २०८१ को समारोहलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बललाई सीमालगायतका महत्त्वपूर्ण स्थानमा खटाउनु आजको आवश्यक्ता रहेको बताए ।
उनले भने, “खुल्ला सीमाका कारण नेपालको व्यापार, उद्योग, शिक्षा स्वास्थ्य क्षेत्रमा क्षति बेहोर्नुपरेको छ । पछिल्लो समय सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्टका क्षेत्रमा हुने चोरी डकैती जस्ता गतिविधिमा गरेको सुरक्षा जाँचले प्रदेशमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”
सशस्त्र प्रहरीले राष्ट्र र नागरिकको सेवालाई सधैं प्राथमिकतामा राखेर कार्य सम्पादन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकलीका सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले बताए ।
उनले भने, “सशस्त्र प्रहरी मुलुक र राष्ट्रको सेवा र समर्पण भावप्रति सधैँ अन्तरनिहित हुन जरूरी रहेकाले सङ्गठनको नीति, निर्देशन प्राथमिकतामा राखी आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।