- उनले स्थानीय तहका प्रमुख÷उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
मनहरी : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नागरिकका आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा प्रदान गर्नु सरकारको दायित्व रहेको बताएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाको १७औँ हिउँदे अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको टिप्पणी गरे । विकट क्षेत्रका नागरिकलाई विकासमा जोड्ने गरी प्रदेश सरकारले योजना तयार पारेको बताए ।
उनले सीमान्तकृत वर्गको नागरिकको जीवनस्तर सुधारका लागि सरकारले रणनीतिक योजना कार्यान्वयन गर्नेमा जोड दिए । प्रदेश सरकारले चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निर्वाचनपछि राजनीतिक विचारभन्दा माथि रहेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहका प्रमुख÷उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा सुरु हिउँदे अधिवेशनमा अध्यक्ष मल्लले राक्सिराङ क्षेत्रमा हुने गाँजा खेतीलाई वैध बनाउन माग गरे ।
सरकारले कानुन निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’