मधेश प्रदेश सरकारले अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि एक अर्ब दिने
२०८१ पुष २१ गते आईतवार
- जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप)को उदघाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डीपीआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी दिए ।
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालाका लागि प्रदेश सरकारले एक अर्ब रुपैयाँ दिने बताएका छन् ।
जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप)को उदघाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डीपीआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी दिए ।
उनले डीपीआर तयार गर्न केही प्राविधिक समस्याहरु समाधान भइसकेको र अबको केही दिनभित्रै डीपीआर तयार भइसक्ने बताए । मुख्यमन्त्री सिंहले भोलि २२ गते राष्ट्रिय परिषद र गुठी संस्थाबीच रंगशालाको जमिनका लागि मधेश प्रदेश सरकारसँग सम्झौता हुन लागेको समेत जानकारी दिए ।
त्यसपछि दुई वा तीनदिन भित्र बस्ने क्याबिनेटको बैठकबाट निर्णय गरेर केन्द्रसंग अनुमति लिने प्रक्रिया बढाइने उनले जनाए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा घोषणा गरेका एक अर्ब रुपैयाँ अनुदान यसै रंगशाला निर्माणमा खर्च गर्ने र प्रदेश सरकारले आफ्नो बजेटमार्फत थप एक अर्ब रुपैयाँ रंगशालाका लागि दिने मुख्यमन्त्री सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशका युवाहरुलाई कुनै न कुनै खेलमा आवद्ध हुन आग्रह गरे । खेलकुदको विकासमा मधेश प्रदेश सरकार सधैं सकारात्मक रहेको र आगामी दिनहरुमा झन बढी लगानी गर्ने सोच बनाएको बताए ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन ।
क्यानका सचिव पारस खडकाले नेपाली क्रिकेटलाई थप मजबुत बनाउनका लागि रेड बल क्रिकेट आवश्यक रहेकाले प्रतियोगिताको आयोजना गरिएको बताए । प्रधानमन्त्री कपमा शिर्षका चार टोलीलाई समावेश गरेर प्रतियोगिताको आयोजना गरिएपनि पूर्वाधारहरु देशको विभिन्न स्थानमा तयार भएपछि प्रतियोगितलाई थप विस्तारित बनाइने खडकाले बताए ।
पूर्वाधार तथा आयस्रोतको अभावका कारण कम टिमलाई मात्रै राखेर यो प्रतियोगिताको आयोजना गरिएको बताउँदै खडकाले तीनवटै तहका सरकारलाई खेल मैदान निर्माणमा ध्यान पुर्याउन आग्रह गरे ।
प्रतियोगिताको उद्घाटन खेल जनकपुरधाममा मधेस प्रदेश र बागमती प्रदेशबिच भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’