एमालेको राष्ट्रिय भेला: ओली र भण्डारीले सम्बोधन गर्ने, आज सकिँदै

३ मार्ग, २०८३
सारांश
  • नेकपा एमालेको बुधबारदेखि जारी राष्ट्रिय भेला आज सकिँदैछ ।

काठमाण्डौ, ०३ मङ्सिर । नेकपा एमालेको बुधबारदेखि जारी राष्ट्रिय भेला आज सकिँदैछ ।

 

बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी भेलाको दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओलीले 'आजका २ कार्यभार र गर्नुपर्ने १५ काम' का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले 'पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं' विषयमा र उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले 'राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका सङ्कल्प गरौं' विषयमा सम्बोधन गर्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । आजको कार्यक्रम बिहान ८ बजेदेखि शुरु हुने उनले बताए ।

 

यसअघि बुधबार भेलाको ओलीले उद्घाटन गरेका थिए भने बन्दसत्रमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने करिब ३५ सय प्रतिनिधि सहभागी रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार