एमालेको राष्ट्रिय भेला शुरु, ओलीले गरे उद्घाटन

२ मार्ग, २०८३
सारांश
  • उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको हो ।

काठमाडौं : नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

 

उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले  आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको हो ।

 

मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको छ । गत असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यान्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।  

 

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । भेलामा ३४१४ प्रतिनिधि सहभागी हुदैछन् ।

 

भेलालाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् र उनको सम्बोधनपछि उद्घाटन समारोह सकिने जानकारी दिइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार