भारतीय विदेश सचिवसँग बालेनको भेट, कूटनीतिक प्रोटोकल फेरियो

१८ कार्तिक, २०८३
सारांश
  • दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मिस्रीसँगको भेटलाई नेपाल–भारत कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह ले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग आज भेटवार्ता गर्ने भएका छन् । दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मिस्रीसँगको भेटलाई नेपाल–भारत कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

 

मिस्रीले नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । साथै उनले नेपालको उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछन् ।

 

यसअघि प्रधानमन्त्री बालेनले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी प्रतिनिधिसँग भेट नगर्ने कूटनीतिक प्रोटोकल बनाएका थिए । यही कारण भारतीय विदेश सचिव मिस्रीको यसअघिको प्रस्तावित नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।

 

तर अहिले बालेन आफैँले मिस्रीसँग भेट गर्ने भएपछि उनले बनाएको पुरानो कूटनीतिक प्रोटोकलमा परिवर्तन आएको देखिएको छ । यसअघि अमेरिकी अधिकारीहरूसँग भेट नगरेका बालेनले पछिल्लो समय भारत र चीनका राजदूतहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

 

मिस्रीको भ्रमणलाई प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको तयारीका रूपमा समेत हेरिएको छ । नोभेम्बरको अन्तिमतिर भारत भ्रमण गर्ने तयारीमा रहेका बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा गरेका हुन् ।

 

भारत भ्रमणका क्रममा ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, सीमापार कनेक्टिभिटी र लगानीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । त्यस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवाद पनि दुई देशबीचको महत्त्वपूर्ण विषय बन्ने देखिएको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा हुनुका साथै आपसी हितका विषयमा छलफल हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार