- नेपाली कांग्रेसले पदाधिकारी संख्या बढाउने भएको छ १५औं महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने समझदारी बनेको हो ।
काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी संख्या बढाउने भएको छ १५औं महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने समझदारी बनेको हो ।
हाल काँग्रेसको पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री तथा एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
अब पदाधिकारी संख्या १६ बाट २० पुग्ने भएको छ । जस अनुसार उपसभापतिमा २ जना र सहमहामन्त्री २ जना थप गर्ने सहमति बनेको छ । नेताहरुमा पदाधिकारीका आकांक्षीहरु बढेकाले उनीहरुको व्यवस्थापन गर्न पदाधिकारी बढाइएको बताइएको छ ।
अब एक वरिष्ठसहित चार उपसभापति हुने छन् जसमा एक महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने २ जना सभापतिले केन्द्रीय सदस्यबाट मनोनित गर्ने व्यवस्था गर्न लागिएको छ । यसअघि विशेष महाधिवेशनबाट पारित विधानमा ८ जना सहमहामन्त्री निर्वाचित हुने र ३ जना सभापतिले मनोनित गर्ने व्यवस्था रहेको थियो ।
महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।