काँग्रेसको मतदान ब्यालेट पेपरबाटै हुने

१८ असोज, २०८३, आइतवार
सारांश
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि सुरु हुदैछ ।

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि सुरु हुदैछ ।

 

आज उद्घाटन समारोह हुने काँग्रेसको महाधिवेशनमा भोली र पर्सि बन्दसत्र हुने तालिका रहेको छ । महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

 

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान भने नहुने भएको छ । मतदान विद्युतीय मेसिनबाट नगरी ब्यालेट पेपरबाट नै  गराउने भएको समितिले जनाएको छ । विद्युतीय मतदान विगतमा एमाले, रास्वपाको महाधिवेशनमा पनि धेरै समय लागेकाले काँग्रेसले ब्यालेट पेपरबाटै मतदान गर्न लागेको बताएको छ ।

 

काँग्रेसले नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ । खुलामञ्चमा उद्घाटन समारोह र बन्दसत्र गर्ने तयारी गरेको काँग्रेसले मतदान भने राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा गर्ने तयारी गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार