गगन थापा नै सर्वसम्मत सभापति बन्ने एमाले महासचिव पोखरेलको विश्वास
१८ असोज, २०८३, आइतवार
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत सभापति बन्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत सभापति बन्ने विश्वास व्यक्त गरेका छन् ।
आइतबार, काँग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औं महाधिवेशनमा स्वीकार्य सभापतिको रुपमा स्थापित हुने विश्वास गरेका थिए ।
उनले भने- '१५औँ राष्ट्रिय महाधिवेशनबाट सिंगो नेपाली कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुनुहुन्छ भन्ने विश्वास र अपेक्षाका साथ शुभकामना व्यक्त गर्न चाहन्छु ।'
उनले विगतमा काँग्रेससँग मिलेर आन्दोलन गर्दै देशमा गणतन्त्र स्थापना गरेको सम्झना गर्दै अहिले फेरी एक भएर अगाडी बढ्नुपर्ने अवस्था आएको बताए । उनले भने- 'पहिले निरंकुशताको अन्त्यका लागि कांग्रेसले वामपन्थीसँग सहकार्य गरेको थियो । लोकतन्त्रको रक्षाका लागि अब सहकार्य गर्छ वा गर्दैन भन्ने प्रश्न आएको छ ।'
नेता पोखरेलले जननिर्वाचित सरकार संसद्प्रति उत्तरदायी नभएको, नागरिकप्रति जबाफदेही नभएको भन्दै लोकतन्त्रमा खतरा उत्पन्न भइरहेको टिप्पणी गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लिङ्देनको प्रस्ताव : राजादेखि नयाँ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी गरौँ
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।