- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखनका लागि सरकारसमक्ष तीनवटा सुझाव दिएका छन् ।
काठमाण्डौ, ०१ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखनका लागि सरकारसमक्ष तीनवटा सुझाव दिएका छन् ।
यादवले संविधानका सकारात्मक उपलब्धि संरक्षण गर्दै संघीयता, समानता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनले संविधान संशोधनको बहसलाई समग्र र निष्कर्षमुखी बनाउँदै व्यापक राष्ट्रिय संवाद, राजनीतिक सहमति र जनसहभागिताबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
दोस्रो, उनले संविधानमा रहेका संरचनात्मक कमजोरी, अधिकार तथा क्षेत्राधिकारसम्बन्धी विवाद, प्रदेश संरचनाका समस्या, सीमाङ्कन, निर्वाचन तथा न्याय प्रणालीका जटिलता समाधान गर्न राज्य पुनर्संरचना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय तथा जातीय पहिचानलाई सम्मान गर्दै मधेशी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, पिछडावर्ग, महिला तथा अन्य सीमान्तकृत समुदायको अपनत्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
तेस्रो, यादवले संविधान संशोधन तथा पुनर्लेखनको विषय राजनीतिक संवाद र सहमतिमार्फत टुंग्याउनुपर्ने बताएका छन् । उनले संघीयता, समानुपातिक समावेशिता, सुशासन, निर्वाचन प्रणाली, सामाजिक सुरक्षा तथा न्यायलाई सुदृढ गर्दै संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा स्रोतको बाँडफाँटमा देखिएका कमजोरी सच्याउनुपर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।