संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव

२०८३ असोज ०१ विहिवार
सारांश
  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखनका लागि सरकारसमक्ष तीनवटा सुझाव दिएका छन् ।

काठमाण्डौ, ०१ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखनका लागि सरकारसमक्ष तीनवटा सुझाव दिएका छन् ।

 

यादवले संविधानका सकारात्मक उपलब्धि संरक्षण गर्दै संघीयता, समानता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनले संविधान संशोधनको बहसलाई समग्र र निष्कर्षमुखी बनाउँदै व्यापक राष्ट्रिय संवाद, राजनीतिक सहमति र जनसहभागिताबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

 

दोस्रो, उनले संविधानमा रहेका संरचनात्मक कमजोरी, अधिकार तथा क्षेत्राधिकारसम्बन्धी विवाद, प्रदेश संरचनाका समस्या, सीमाङ्कन, निर्वाचन तथा न्याय प्रणालीका जटिलता समाधान गर्न राज्य पुनर्संरचना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय तथा जातीय पहिचानलाई सम्मान गर्दै मधेशी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, पिछडावर्ग, महिला तथा अन्य सीमान्तकृत समुदायको अपनत्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

 

तेस्रो, यादवले संविधान संशोधन तथा पुनर्लेखनको विषय राजनीतिक संवाद र सहमतिमार्फत टुंग्याउनुपर्ने बताएका छन् । उनले संघीयता, समानुपातिक समावेशिता, सुशासन, निर्वाचन प्रणाली, सामाजिक सुरक्षा तथा न्यायलाई सुदृढ गर्दै संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा स्रोतको बाँडफाँटमा देखिएका कमजोरी सच्याउनुपर्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार