नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको १४औँ बैठक देहरादूनमा सम्पन्न
५ भाद्र, २०८३, शुक्रवार
- बैठकमा दुवै देशका नागरिकको सीमापार आवागमनलाई सहज बनाउने, नेपाल र भारतका सीमा नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण तथा निगरानी संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
काठमाडौँ: नेपाल-भारतबीच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठक भारतको देहरादूनमा सम्पन्न भएको छ । बैठक भदौ ४ र ५ गते अर्थात् अगस्ट २० र २१ मा सम्पन्न भएको हो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयकी सहसचिव पौसुमी बासुले गरेकी थिइन् ।
बैठकमा गत वर्ष चैतमा पोखरामा सम्पन्न १३औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो । सीमापार अपराध, लागुऔषध, मनोद्वीपक पदार्थ, प्रतिबन्धित तथा नियन्त्रित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोटलगायत आर्थिक अपराध तथा हातहतियार र खरखजानासहितका गैरकानुनी गतिविधि नियन्त्रणका लागि दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र तत्काल सूचना आदानप्रदानलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
नेपाली पक्षले साइबर अपराध तथा सीमापार डिजिटल ठगीलगायत नयाँ सुरक्षा चुनौतीका विषयसमेत बैठकमा उठाएको थियो । त्यसैगरी, दशगजा क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग तथा पारस्परिक कानुनी सहायता लगायतका महत्वपूर्ण सीमा व्यवस्थापनका विषयमा पनि विस्तृत छलफल भएको थियो ।
बैठकमा दुवै देशका नागरिकको सीमापार आवागमनलाई सहज बनाउने, नेपाल र भारतका सीमा नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण तथा निगरानी संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
विपद् व्यवस्थापन तथा नेपाल–भारत जिल्लास्तरीय समन्वय बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच छलफल भएको थियो। सीमा क्षेत्रका संवेदनशील स्थानमा अत्याधुनिक प्रविधि तथा निगरानी उपकरणको प्रयोग गरी सुरक्षा निगरानी बढाउने विषयमा समेत सहमति भएको छ ।
कार्यदलको आगामी बैठक दुवै पक्षका लागि अनुकूल मितिमा नेपालमा आयोजना गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारले ल्यायो सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना
-
सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो- गृहमन्त्री गुरुङ
-
रिलिजन वा मजहबका आधारमा हुने हिंसाका पीडितको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइँदै
-
आर्सनलको विजयी सुरुवात, कोभेन्ट्रीविरुद्ध ३-० को शानदार जित
-
महाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।