राप्रपाबाट उद्धव थापालाई कारवाही: प्रदेश सांसदबाट पदमुक्त गर्ने निर्णय
४ भाद्र, २०८३, बिहिवार
- अध्यक्ष लिङदेनले पार्टीले दिएको पटक पटकको निर्देशनलाई नमानिएको भन्दै अर्को निर्णय नभएसम्म राप्रपा कुनै सरकारमा सहभागी नहुने स्पष्ट निर्देशन गरिएकोमा त्यसको उलंघन गरिएको बताएका छन् ।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ ।
विहिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यताबाट समेत हटाउने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका हुन् । बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको उनले बताएका छन् ।
अध्यक्ष लिङदेनले पार्टीले दिएको पटक पटकको निर्देशनलाई नमानिएको भन्दै अर्को निर्णय नभएसम्म राप्रपा कुनै सरकारमा सहभागी नहुने स्पष्ट निर्देशन गरिएकोमा त्यसको उलंघन गरिएको बताएका छन् ।
उनले सरकारमा सहभागी भएमा अन्य सांसदहरुलाई पनि कारवाही गर्ने बताए । राप्रपाका तीन सांसद गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापति सरकारमा सहभागी हुने तयारी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लिङ्देनको प्रस्ताव : राजादेखि नयाँ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी गरौँ
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।