बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

४ भाद्र, २०८३, बिहिवार
सारांश
  • प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

हेटौंडा: बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् ।

 

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

थापाले नेकपा र राप्रपासहितका ६३ सांसदको समर्थनमा बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

 

राप्रपाले थापालाई गरेको समर्थनको विषयमा पार्टीमा विवाद हुदा राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ । राप्रपाले प्रदेश प्रमुखलाई संसदीय दल पार्टीको निर्णय विपरित गरेर पत्र दिएको भन्दै अर्को पत्र बुझाएको भएपनि प्रदेश प्रमुखले त्यसलाई नजरअन्दाज गर्दै मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार