- आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, १९ श्रावण । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ ।
बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१' सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, बिहान १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यससैगरी, बिहान ११ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ उपर सैद्धान्तिक र दफावार छलफल तथा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, दिउसो १ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति राम नारायण विडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सर्वोच्चको फुल कोर्टको आग्रह- न्यायाधीश जोडेर सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित छानबिन होस्
-
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै फसे, बिहान प्रहरीले गर्यो उद्धार
-
६१औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता शाहरुख खान
-
तिहारका लागि ६४ करोडभन्दा बढीका झिलिमिली बत्ती भित्रिए, मूल्य बढ्ने
-
सर्वोच्चका न्यायाधीशहरू छलफलमै व्यस्त,
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।