नेकपा सांसद युवराज दुलालको चेतावनी- सदन मन्त्रीले सांसदलाई थर्काउन थलो होइन
३० आषाढ़, २०८३, मगलवार
- त्यस्तै दुलालले गृहमन्त्री सुदन गुरुङको विषयको छानबिन प्रतिबेदन सार्बजनिक नगरेर भदौ २३ र २४ को घटनामा मानव अधिकार आयोगले प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री बनाएको बताए ।
काठमाडौं: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदन मन्त्रीले सांसदलाई थर्काउन थलो नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद दुलालले सदन मन्त्रीले सांसद थर्काउने थलो नभएको बताउदै प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्ने बताएका हुन् ।
उनले भने- '१०० दिन पनि सरकार पुग्यो । मधुमास पनि सकियो । अब प्रधानमन्त्री संसदमा आउनु पर्छ र जनतालाई आश्वस्त पार्नु पर्छ । यो सदन मन्त्रीले सांसद थर्काउने थलो होइन । संसद् सांसदले सरकारलाई प्रश्न गर्ने र सांसदका प्रश्नको सरकारले जवाफ दिने थलो हो । संसद् सरकारलाई जवाफदेही बनाउने थलो हो ।’
उनले महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा परेको विषय उठाउदै महँगी, कालोबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सरकारलाई सुझाव दिए ।
त्यस्तै दुलालले गृहमन्त्री सुदन गुरुङको विषयको छानबिन प्रतिबेदन सार्बजनिक नगरेर भदौ २३ र २४ को घटनामा मानव अधिकार आयोगले प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री बनाएको बताए ।
साथै उनले गृहमन्त्रीको सम्पत्ति छानबिन गरियो के रहेछ त ? भन्दै प्रतिवेदन सार्वजनिक गर्न सार्बजनिक गर्न र संसद्लाई जवाफ दिन आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।