गणेश नेपालीका परिवारले न्याय पाउनुपर्छ- ओमप्रकाश अर्याल
२६ आषाढ़, २०८३, शुक्रवार
- उनले सत्य, निष्ठा र मानवताको आधारमा सबै विचार, वर्ग र समुदायसँग सहकार्य गर्दै राज्य सञ्चालन हुनुपर्ने उल्लेख गरेका छन् । सुशासनको मेरुदण्ड नै कानुनी शासन भएको भन्दै कानुनी शासन भएको देशमा आम नागरिकले सास्ती भोग्ने र सरकारसँग सम्बन्धित व्यक्तिले उन्मुक्ति पाउने अवस्था स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।
काठमाडौँ: पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले गणेश नेपालीको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै उनका परिवारले न्याय पाउनुपर्ने बताएका छन् । उनले कानुनी शासनको प्रभावकारी कार्यान्वयनबिना सुशासन सम्भव नहुने उल्लेख गर्दै सरकारले नागरिकसँग सहकार्य गरेर राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अर्यालले कानुनी राज्यमा नागरिक मात्र होइन, सरकार स्वयंले पनि विधि र कानुनको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । उनले सरकार र नागरिकबीच सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रतिद्वन्द्विता बढाउने प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्व र संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।
उनले सत्य, निष्ठा र मानवताको आधारमा सबै विचार, वर्ग र समुदायसँग सहकार्य गर्दै राज्य सञ्चालन हुनुपर्ने उल्लेख गरेका छन् । सुशासनको मेरुदण्ड नै कानुनी शासन भएको भन्दै कानुनी शासन भएको देशमा आम नागरिकले सास्ती भोग्ने र सरकारसँग सम्बन्धित व्यक्तिले उन्मुक्ति पाउने अवस्था स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।
पूर्वगृहमन्त्री अर्यालले वर्तमान परिस्थितिका संकेत पनि सन्तोषजनक नरहेको टिप्पणी गर्दै स्वर्गीय गणेश नेपालीका परिवारले न्याय पाउनुपर्ने माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
-
हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो
-
शेरबहादुर देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।