प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा आजपनि विपक्षी दलहरुको विरोध
२०८३ अषाढ़ २५ विहिवार
- बिहीबारको बैठक सुरूहुना साथ पक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए ।
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोधलाई निरन्तरता दिएका छन् ।
बिहीबारको बैठक सुरूहुना साथ पक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए ।
त्यसपछि बोल्न समय पाएका सांसदहरु हरिनादेवी कामी, यशोदा कुमारी बराल र भीम कुमारी बुढा मगरले प्रधानमन्त्रीले संसदमै आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका थिए । त्यस्तै राप्रपा सांसद खुस्बु ओलीले प्रधानमन्त्रीलाई संसदबाटै आफ्नो भनाई सच्याउन आग्रह गर्दै सत्ता पक्षका सांसद यस विषयमा मौन रहेकोप्रति इतिहासले त्यसको मुल्यांकन गर्ने चेतावनी दिएकी छन् ।
गत जेठ १८ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले भारतले मात्रै नभइ नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले लगातार संसद बैठकमा विरोध गर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।