आयोगले आन्तरिक अनुसन्धान वा अनुगमन प्रतिवेदनहरू सार्वजनिक गर्दैन- अध्यक्ष मगर

२४ आषाढ़, २०८३, बुधवार
सारांश
  • साथै अध्यक्ष मगरले दलित आयोग, महिला आयोगलगायत संवैधानिक आयोगहरूसँग समन्वय गर्दै मानव अधिकारसम्बन्धी प्रतिवेदनहरू संयुक्त रूपमा तयार गरी अन्तर्राष्ट्रिय संयन्त्रमा समेत पठाइने गरेको बताए । उनले आयोगभित्र पनि समन्वय संयन्त्र गठन गरिएको र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गरे ।

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आन्तरिक रुपमा तयार पार्ने अनुसन्धान वा अनुगमन प्रतिवेदनहरू सार्वजनिक नगर्ने नीति रहेको स्पष्ट गरेका छन् । 

 

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै अध्यक्ष मगरले आयोगको प्रतिवेदनमा पीडितका उजुरी, साक्षीहरूका बयान, अनुसन्धानका गोप्य कुराहरू र संवेदनशील दस्ताबेजहरू सामेल हुने भएकाले आयोगले सिधै सार्वजनिक गर्न नमिल्ने स्पष्ट गरेका हुन् । 

 

उनले प्रतिवेदनका आधारमा अन्तिम निर्णय र सिफारिस मात्रै सार्वजनिक हुने गरेको बताए ।

 

साथै अध्यक्ष मगरले दलित आयोग, महिला आयोगलगायत संवैधानिक आयोगहरूसँग समन्वय गर्दै मानव अधिकारसम्बन्धी प्रतिवेदनहरू संयुक्त रूपमा तयार गरी अन्तर्राष्ट्रिय संयन्त्रमा समेत पठाइने गरेको बताए । उनले आयोगभित्र पनि समन्वय संयन्त्र गठन गरिएको र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गरे ।

 

अध्यक्ष मगरले सरकारले उचित वैकल्पिक व्यवस्था नै नगरी सुकुम्वासीहरूलाई हटाइरहेकोमा आपत्ति जनाएको र यसको कारण र अवस्थाबारे सरकारसँग आधिकारिक जवाफ मागिरहेको बताए । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार