- सङ्घीय संसद सचिवालयका अनुसार आज विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
काठमाण्डौ, २२ अषाढ़ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडग राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि विचार गरियोस' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लिङ्देनको प्रस्ताव : राजादेखि नयाँ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी गरौँ
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।