आज तीन संसदीय समितिका बैठक बस्दै

२०८३ अषाढ़ ०५ शुक्रवार
सारांश
  • प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, ०५ अषाढ़ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

 

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

 

बिहान ८ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा आगामी आर्थिक बर्षको मौद्रिक नीति कार्यान्वयनको प्रगति सम्बन्धमा, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लिएका विशेष नीति तथा कार्यक्रम र तिनको प्रभावकारिता सम्बन्धमा, नेपाल सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको विगत तीन वर्षदेखिको कार्यसम्पादनको अवस्था र थप प्रभावकारी बनाउन अख्तियार गर्नुपर्ने रणनीति, बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानूनी सुधारका विषयहरूमा गभर्नरसँग छलफल हुने कार्यसूची रहेको छ ।

 

त्यस्तै विहान ९: १५ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ  ।

 

त्यसैगरी बिहान १० बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा छलफलको कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार