चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
९ कार्तिक, २०८३
- बंगालको खाडीबाट चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । भारतको मौसम विभागका अनुसार यो चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ ।
काठमाडौँ : बंगालको खाडीबाट चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ ।
भारतको मौसम विभागका अनुसार यो चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ । अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ । त्यस क्रममा हावाको गति प्रतिघण्टा १२५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ।
चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका जोखिमयुक्त क्षेत्रबाट करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । मौसम विभागले राज्यका विभिन्न तटीय जिल्लामा भारी वर्षाको चेतावनी दिएको छ । माछा मार्न समुद्रमा गएका तथा जाने तयारीमा रहेका मछुवालाई अक्टोबर २९ सम्म समुद्रमा नजान आग्रह गरिएको छ ।
आन्ध्र प्रदेशसँग सीमा जोडिएको ओडिशामा पनि चक्रवातको प्रभाव पर्ने अनुमान गरिएको छ । त्यहाँ उद्धार तथा राहत कार्यका लागि ओडिशा विपद् द्रुत प्रतिकार्य बलका ६० टोली परिचालन गरिने भएको छ। चक्रवातको जोखिमलाई ध्यानमा राख्दै राज्यका छ जिल्लामा अक्टोबर २८ र २९ गते विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरिएको छ ।
यसैबीच, तमिलनाडुमा पछिल्ला तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम विभागले अक्टोबर २७ मा आन्ध्र प्रदेशमा भारी वर्षाको रातो चेतावनी र ओडिशामा सुन्तला चेतावनी जारी गरेको छ । छत्तीसगढ, तेलङ्गाना, तमिलनाडु, पुडुचेरी, केरल, कर्नाटक र रायलसीमामा वर्षाको पहेँलो चेतावनी दिइएको छ।
अक्टोबर २८ मा आन्ध्र प्रदेश, छत्तीसगढ, तेलङ्गाना र ओडिशामा भारी वर्षाको रातो चेतावनी जारी गरिएको छ भने झारखण्डमा सुन्तला र पश्चिम बंगालसहित विभिन्न क्षेत्रमा पहेँलो चेतावनी दिइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन
-
गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
-
अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति
-
चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।