प्रचण्ड निमोनियाका कारण अस्पताल भर्ना

१६ जेठ, २०८३, शनिवार
सारांश
  • आज ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्। उनका अनुसार तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो देखिएको थियो।

काठमाडौँ: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

 

आज ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्। उनका अनुसार तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो देखिएको थियो। 

 

थप जाँच गर्दा निमोनिया र रगतमा संक्रमण देखिएपछि चिकित्सकको सुझावअनुसार अस्पताल भर्ना गरिएको हो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार