- अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्राध्यापक डा. गोविन्दराज पोख्रेल चयन भएका छन् । उक्त उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारीलगायत समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा काम गर्ने जनाइएको छ ।
काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न सात विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ ।
प्रतिष्ठानले अर्थ, वातावरण, युवा, श्रमिक, बालअधिकार, सार्वजनिक सेवा तथा गैरसरकारी संस्थासम्बन्धी विषय समेटेर उपसमिति बनाएको हो ।
अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्राध्यापक डा. गोविन्दराज पोख्रेल चयन भएका छन् । उक्त उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारीलगायत समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा काम गर्ने जनाइएको छ ।
जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएकी छन् । यस उपसमितिले हिमालमा परेको असर न्यूनीकरणदेखि वातावरण संरक्षण अभियानसम्मका विषयमा काम गर्नेछ ।
त्यस्तै नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम चयन भएका छन् । यस उपसमितिले युवापुस्तादेखि नागरिक समाजका प्रबुद्ध वर्गसम्म संवाद र समन्वयमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।
त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक नीति तथा न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् । त्यस्तै बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी चयन भएका छन् । उक्त उपसमितिले बाल श्रमको मुद्दादेखि समग्र बालबालिकाको हित संरक्षण अभियानसम्मका विषयमा काम गर्ने जनाइएको छ ।
त्यसैगरी सार्वजनिक सेवा प्रवाह, नीति तथा थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल चयन भएका छन् । त्यस्तै गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएकी छन् ।
प्रतिष्ठानका अनुसार सबै उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणा तथा कार्ययोजना आगामी चौथो बैठकमा पेश गर्ने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।