पार्टी कार्यालय बनाउन मीनबहादुर गुरूङले दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

२०८३ जेठ ११ सोमवार
सारांश
  • नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ।

काठमाण्डौ, ११ जेठ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ।

 

आइतबार सम्पन्न एमालेको सचिवालय बैठकले कलंकीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने गुरूङ दम्पतीको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुमा आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

 

उनले सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार बल्खुमा कार्यालय भवन बनाउन बाधा नरहेको पनि बताए । २०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने भन्दै शिलान्यास समेत गरिएको थियो ।

 

यस प्रकरणमा आमरुपमा एमालेको ठुलो आलोचना समेत भएको थियो भने पार्टी भित्र पनि यसको विरोध भएको थियो । २०७२ वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसयता एमाले भाडाको घरमा बस्दै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार