तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

२०८३ जेठ ११ सोमवार
सारांश
  • नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् ।

काठमाण्डौ, ११ जेठ । नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् ।

 

काँग्रेस सभापति गगन थापाले कोइरालालाई अध्यक्ष नियुक्त गरेका हुन् । तरूण दलको तदर्थ समिति रिक्त थियो । यसअघि तरूण दलको अध्यक्ष विद्वान गुरूङ थिए । तोकिएको समयमा महाधिवेशन गराउन नसकेपछि उनले हटाइएको थियो ।

 

सभापति थापाले तोकिएको समयभित्रै तरूण दलको महाधिवेशन गर्ने गरी कोइरालालाई अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । कोइरालालाई महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार