सभापति लामिछाने आफ्नै ढंगले भारत जादै हुनुहुन्छ, प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्ध छैन- प्रवक्ता पोखरेल
११ जेठ, २०८३, सोमवार
- सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछाने आफ्नै किसिमले जान लागेको बताउदै प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्धित नभएको स्पष्ट गरेका हुन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण प्रधानमन्त्रीको भ्रमण सँग नजोडिएको सरकारले बताएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछाने आफ्नै किसिमले जान लागेको बताउदै प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्धित नभएको स्पष्ट गरेका हुन् ।
उनले भने- 'प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा वा जुन सुकै देश जाने समय जतिखेर आउछ, उहाँ भारत मात्र नजानु भएको हैन, अहिले विदेश कहिँ पनि जानु भएको छैन । अहिले हामीले पहिलो १०० दिनको कार्य व्यस्तता एकदमै धेरै छ । शुरुमा काममा अलिकति बढी फोकस छौं । त्यसैले अहिले सभापति जी आफ्नै ढंगले जादै हुनुहुन्छ तर प्रधानमन्त्रीज्यूको त्यससँग कुनै पनि सम्बन्ध छैन ।'
रास्वपा सभापति रवि लामिछाने केहि दिनमा भारत भ्रमणमा जाने तयारी गरिरहेका बेला सरकारको यस्तो प्रतिक्रिया आएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।