हर्क साम्पाङको संसदमा विरोध जारी, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न माग

२०८३ जेठ ०७ विहिवार
सारांश
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् ।

काठमाण्डौ, ०७ जेठ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् ।

 

विहिवारको प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्ने माग राख्दै प्लेकार्ड देखाएका थिए ।

 

त्यसपछि उनले बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाउदै मार्ग प्रशस्त गर्न माग गरेका छन् ।

 

उनले आफुले सीमा सम्बन्धमा, सुकुम्बासी सम्बन्धमा प्रधानमन्त्रीले नै सम्हालिरहेका गृह र रक्षा मन्त्रालय सम्हालेकाले संसदमा आएर जवाफ दिनुपर्ने बताए ।

 

साम्पाङ र श्रम संस्कृति पार्टीले पछिल्ला केहि दिनदेखि प्लेकार्ड देखाएर संसदमा सभामुखको ध्यानाकर्षण गराउँदै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार