सरकारले सुकुम्बासीमाथि ठूलो अमानवीय हमला गर्यो- गुरु बराल

६ जेठ, २०८३, बुधवार
सारांश
  • बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई बसोबास गरिरहेको स्थानबाट हटाइएको र अहिले बस्नका लागि रकम दिने निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए ।

काठमाडौं: नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन्।

 

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई बसोबास गरिरहेको स्थानबाट हटाइएको र अहिले बस्नका लागि रकम दिने निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए ।

 

सांसद बरालले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५-१५ हजार उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताउदै पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्ने र त्यति रकमले काठमाडौं आसपासमा जीवनयापन कसरी सम्भव हुन्छ भन्दै प्रश्न गरेका थिए ।

 

बरालले सुकुम्वासीमाथि ठूलो अमानवीय हमला गरिएको भन्दै अस्थायी बसोबासका लागि सरकारले दिने भनेको २५ हजारले समस्या समाधान नहुने बताए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार