संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहन्छ, निलम्बित हुन तयार छौं- हर्क साम्पाङ

६ जेठ, २०८३, बुधवार
सारांश
  • बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै साम्पाङले आफ्नो विरोध जारी रहने भन्दै त्यसका लागि निलम्बन हुन समेत तयार रहेको प्रतिक्रिया दिए । उनले जनताको लागि, संसद र विधि विधानको लागि निलम्बन हुन समेत तयार रहेको बताए ।

काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुहरुले संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहने बताएका छन् ।

 

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै साम्पाङले आफ्नो विरोध जारी रहने भन्दै त्यसका लागि निलम्बन हुन समेत तयार रहेको प्रतिक्रिया दिए । उनले जनताको लागि, संसद र विधि विधानको लागि निलम्बन हुन समेत तयार रहेको बताए ।

 

उनले आज पनि निलम्बन गर्न भनेको तर नगरेको बताउदै सभामुख साझा हुनुपर्नेमा जोड दिए । उनले संसदीय दलको नेतालाई २ मिनेट ३ मिनेट बोल भन्ने नहुने भन्दै सभामुख दलबाट भएपनि सबैको हुनुपर्ने टिप्पणी गरे ।

 

साम्पाङले आफुहरुले प्रश्न गरेको र त्यसको जवाफ नपाएको बताउदै आफुहरुको विरोध जारी रहने बताए । जनताले सरकार जनताप्रति जवाफदेही छ या छैन भन्ने मुल्यांकन गर्ने बताउदै साम्पाङले आफुहरुले पाँचै बर्ष विरोध गर्ने बताए । 

 

दुई तिन दिन विरोध गर्दा आज संसदमा मन्त्री आएपनि प्रश्न गर्न सभामुखले नदिएको समेत आरोप लगाए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार