- काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा 'प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला अन्तरगत आज र भोली मधेश प्रदेशको बर्दिबासमा भेला गर्न लागेको हो ।
काठमाण्डौ, ०६ जेठ । नेपाली काँग्रेसले आज र भोली मधेश प्रदेशस्तरीय भेला गर्दैछ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा 'प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला अन्तरगत आज र भोली मधेश प्रदेशको बर्दिबासमा भेला गर्न लागेको हो ।
भेलालाई काँग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, सबै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।
यसअघि काँग्रेसले वैशाख २६ र २७ गते धनगढी, कैलालीमा काँग्रेसले सुदूरपश्चिमस्तरीय, बैशाख २५ र २९ मा कर्णाली प्रदेशस्तरीय, बैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेश स्तरीय र जेठ ४ र ५ गते बागमती प्रदेशस्तरीय भेला गरिसकेको छ ।
काँग्रेसले यसपछि कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा भेला र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा भेला गर्ने बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
-
गगन थापाले निरन्तरतामा क्रमभंग गर्नुभयो- प्रचण्ड
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।