संसद नचलेपछि हर्क साम्पाङको छटपटी, जवाफदेही बन्न सरकारलाई चेतावनी
२०८३ वैशाख २२ मंगलवार
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले संसद अधिवेशन नबोलाएपछि जवाफदेही बन्न चेतावनी दिएका छन् ।
काठमाण्डौ, २२ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले संसद अधिवेशन नबोलाएपछि जवाफदेही बन्न चेतावनी दिएका छन् ।
पत्र लेख्दै साम्पाङले लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने मार्ग सञ्चालन गरिरहँदा सरकार निष्क्रिय बनेको आरोप लगाउँदै दार्चुलाको दुम्लिङसम्म सडक पुर्याउन नसकेको र महाकाली नदी किनार मिचेर बनाइएको बाटोसमेत रोक्न नसकेको आरोप लगाएका छन् ।
उनले कूटनीतिक नोट पठाएर मात्र दायित्व पूरा नहुने भन्दै चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघलाई सहभागी गराएर चारपक्षीय वार्ता टोली गठन गरी समस्या समाधानतर्फ जानुपर्ने बताएका छन् । साथै सीमामा सेना खटाउनुपर्ने बताउदै उनले सेनालाई व्यक्तिगत सेवामा होइन, राष्ट्रको सीमाको सुरक्षामा केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका चाहन- 'सेनालाई सिमानामा खटाउनु ! मंत्रीको गाडीको ढोका खोल्ने काममा होइन, व्यक्तिगत पाले बनाएर राख्ने होइन सिमा रक्षकको रुपमा सेनालाई खटाउनु पर्दैन ? सुकुमबासी बस्ती भत्काउन जाँदा लाने होइन त्यता ! सिमानामा पठाउनु ! सिमानामा सेना नभएकै कारण सिमाना मिचिएकोछ !'
साम्पाङले विपद् व्यवस्थापनमा पनि सरकार कमजोर देखिएको उल्लेख गर्दै बाढीपहिरोले क्षति पुर्याएका सडक खुलाउन र राहत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा अन्यत्र स्रोत प्रयोग भइरहेको भन्दै आलोचना गरेका छन् ।
उनले विदेशी ऋण लिएर अर्थतन्त्र कमजोर बनाइएको आरोप लगाउँदै आर्थिक सुधार गर्न नसक्नेले शासन सञ्चालन गर्न नसक्ने बताउदै राज्य सञ्चालन गर्न नसक्ने अवस्था भए पदबाट राजीनामा दिनसमेत सुझाव दिएका छन् ।
सुकुम्बासी बस्ती हटाउने कार्यप्रति आपत्ति जनाउँदै सबै पक्षलाई समेटेर समाधान खोज्नुपर्ने उनको भनाइ छ । साथै बजेट निर्माण गर्दा सबै दलका सांसदमार्फत जनताका आवश्यकता सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष साम्पाङले सरकार पारदर्शी बन्नुपर्ने, पत्रकारमार्फत जनतालाई जानकारी दिनुपर्ने र उठाइएका प्रश्नहरूको जवाफ सार्वजनिक रूपमा दिनुपर्ने माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।