बाग्मतीका मुख्यमन्त्री बानियाँको कार्यालय तथा घरमा छापा

२१ बैसाख, २०८३, सोमवार
सारांश
  • सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको थियो । अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको थियो ।

हेटौंडा: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यालय तथा घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।

 

सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको थियो । अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको थियो ।

 

उनको हेटौँडा-५ स्थित पिपलेको घरमा विभागका चारजना कर्मचारी र तीनजना प्रहरी पुगेका थिए । 

 

छापामारी पछि मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् छापा मारिएको प्रति आपत्ति जनाएका हुन् । 

 

यस्तै राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार