इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्छु- महानिरीक्षक पौडेल
२१ बैसाख, २०८३, सोमवार
- गृहसचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक पौडेलले इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो जिम्मेवारी केवल नेतृत्वमा सीमित नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति र सुशासन कायम गर्ने तथा जनताको जीउधनको रक्षा गर्ने महत्वपूर्ण दायित्व रहेको बताएका हुन् ।
काठमाडौँ: सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, कानुन र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृहसचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक पौडेलले इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो जिम्मेवारी केवल नेतृत्वमा सीमित नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति र सुशासन कायम गर्ने तथा जनताको जीउधनको रक्षा गर्ने महत्वपूर्ण दायित्व रहेको बताएका हुन् ।
उनले आफ्नो कार्यकालमा सीमा सुरक्षा सुदृढीकरण, संगठनको नीतिगत तथा संरचनागत सुधार र आधुनिकीकरणमा जोड दिने योजना रहेको बताए । साथै मानव संसाधन विकास, प्रविधिको प्रयोग र परिणाममुखी कार्यशैलीमार्फत सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका थिए ।
महानिरीक्षक पौडेलले सरकारको सय बुँदे सुधार योजनाअनुसार सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउने तथा आवश्यक कानुनी व्यवस्था, स्रोतसाधन र मार्गदर्शनका लागि सरकारसँग सहयोग अपेक्षा गरिएको बताए ।
समारोहमा प्रहरी महानिरीक्षक, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका सहसचिव तथा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।