इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्छु- महानिरीक्षक पौडेल
२१ बैसाख, २०८३, सोमवार
- गृहसचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक पौडेलले इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो जिम्मेवारी केवल नेतृत्वमा सीमित नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति र सुशासन कायम गर्ने तथा जनताको जीउधनको रक्षा गर्ने महत्वपूर्ण दायित्व रहेको बताएका हुन् ।
काठमाडौँ: सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, कानुन र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृहसचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक पौडेलले इमान्दारिता, निष्पक्षता र दृढतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो जिम्मेवारी केवल नेतृत्वमा सीमित नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति र सुशासन कायम गर्ने तथा जनताको जीउधनको रक्षा गर्ने महत्वपूर्ण दायित्व रहेको बताएका हुन् ।
उनले आफ्नो कार्यकालमा सीमा सुरक्षा सुदृढीकरण, संगठनको नीतिगत तथा संरचनागत सुधार र आधुनिकीकरणमा जोड दिने योजना रहेको बताए । साथै मानव संसाधन विकास, प्रविधिको प्रयोग र परिणाममुखी कार्यशैलीमार्फत सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका थिए ।
महानिरीक्षक पौडेलले सरकारको सय बुँदे सुधार योजनाअनुसार सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउने तथा आवश्यक कानुनी व्यवस्था, स्रोतसाधन र मार्गदर्शनका लागि सरकारसँग सहयोग अपेक्षा गरिएको बताए ।
समारोहमा प्रहरी महानिरीक्षक, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका सहसचिव तथा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।