सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि राय सुझाव दिन आग्रह
१४ बैसाख, २०८३, सोमवार
- मन्त्रालयले सङ्घीय शासन प्रणालीलाई थप सुदृढ र संस्थागत बनाउन तयार पारिरहेको उक्त विधेयकको प्रारम्भिक मस्यौदा वैशाख ११ गते आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ ।
काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव र पृष्ठपोषण दिन सबै सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकलाई आग्रह गरेको छ ।
मन्त्रालयले सङ्घीय शासन प्रणालीलाई थप सुदृढ र संस्थागत बनाउन तयार पारिरहेको उक्त विधेयकको प्रारम्भिक मस्यौदा वैशाख ११ गते आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार मस्यौदा सार्वजनिक भएयता हालसम्म तीन हजार पाँच सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भइसकेका छन् । साथै विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका सुझाव र प्रतिक्रियासमेत सङ्कलन तथा विश्लेषण भइरहेको छ ।
विधेयकलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा सङ्कलन, अध्ययन र विश्लेषण गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरिएको मस्यौदा प्रारम्भिक चरणको भएकाले यसमा सुधारका धेरै क्षेत्र रहेको स्वीकार गर्दै अन्तिम रूप दिनुअघि सरोकारवालाबाट प्राप्त सुझावलाई उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने स्पष्ट गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।