संसदमा सम्बोधन नगरेकोप्रति प्रधानमन्त्रीसँग रक्षा बम असन्तुष्ट, दिइन् यस्तो सुझाव

२ बैसाख, २०८३, बुधवार
सारांश
  • उनले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै सक्षम र सबल भए पनि अब एक व्यक्तिका हिसाबले सीमित नभएको र पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउन चेतावनी समेत दिएकी छन् ।

काठमाडौँ: जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहले संसदमा सम्बोधन नगरेको विषय उठाएकी छन् । संसदको पहिलो अधिवेशनमा प्रधानमन्त्रीको सम्बोधन सुन्न नपाएको उल्लेख गर्दै संसद मार्फत राष्ट्रलाई संबोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको बताएकी छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै रक्षाले प्रधानमन्त्रीले संसदलाई सम्बोधन नगरेर निजी शैलीमा शासन चलाउने सोचेको भए पहिलो खुड्किलाबाटै फर्किन सुझाव दिएकी छन् । उनले भनेकी छन्- 'यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस् ।'

 

रक्षाले लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य-मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ भन्दै जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने उल्लेख गरेकी छन् ।

 

उनले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै सक्षम र सबल भए पनि अब एक व्यक्तिका हिसाबले सीमित नभएको र पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउन चेतावनी समेत दिएकी छन् । 

 

उनले भनेकी छन्: 

 

सम्माननीय प्रधानमन्त्रीज्यू, संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौं। चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो। यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसदमा नबोली अधिवेशन सक्नु भयो।

 

हामी तपाईंको आवाज सुन्न चाहन्छौं। “कुरा कम, काम बढी” भन्ने धारणा तपाईंको व्यक्तिगत विश्वास होला तर संसद मार्फत राष्ट्रलाई संबोधन गर्नु पनि तपाईको कर्तव्य हो। लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ।जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने गर्दछ।

 

यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार