- प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले सरकारसँग प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउन माग गर्दै बहुमत नपुगे आफुहरुले सहयोग गर्ने बताएका हुन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले सरकारसँग प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउन माग गर्दै बहुमत नपुगे आफुहरुले सहयोग गर्ने बताएका हुन् ।
उनले भने- 'देशमा आज ८८४ जना सांसदहरू छौँ, एक वर्षमा एक खर्ब रुपैयाँ प्रदेश संरचना पाल्नुपर्ने अवस्था छ । यो राजनितिक दलका कार्यकर्तालाई सेटलमेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ । यदि, बहुमत पुगेन भने हामीले पनि थप गर्छौं । १८४ चाहिन्छ, १८७ पुर्याउछौँ ।'
संसद शाहीले वार्षिक एक खर्ब रुपैयाँ जनताको पैसा प्रदेश संरचनाको नाममा खर्च भइरहेको उल्लेख गर्दै यसलाई बचाउन सरकारसँग आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।