वनमन्त्री चौधरी र पूर्वमन्त्री चौलागाईंबीच भेटवार्ता- कार्यकालको प्रतिवेदन हस्तान्तरण तथा नीतिगत सुधारमा छलफल
२०८२ चैत्र १७ मङ्गलवार
- मन्त्रालयले पछिल्लो समय प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै डिजिटल प्रणालीको आंशिक कार्यान्वयन सुरु गरेको छ।
काठमाडौँ: वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी र पूर्वमन्त्री माधवप्रसाद चौलागाईंबीच आज वन मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। उक्त अवसरमा पूर्वमन्त्री चौलागाईंले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण गर्नुभयो।
भेटका क्रममा वन क्षेत्रका विद्यमान नीतिगत समस्या, विकास र संरक्षणबीचको सन्तुलन तथा मन्त्रालयका आगामी प्राथमिकताका विषयमा विस्तृत छलफल भएको थियो। पूर्वमन्त्री चौलागाईंले आफ्नो कार्यकालमा मन्त्रालयले डिजिटल प्रणालीको सुदृढीकरण, जलवायु व्यवस्थापन र संस्थागत सुधारमा हासिल गरेका उपलब्धिहरूबारे मन्त्री चौधरीलाई अवगत गराउनुभयो।
मन्त्रालयले पछिल्लो समय प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै डिजिटल प्रणालीको आंशिक कार्यान्वयन सुरु गरेको छ। यसका साथै, वन डढेलोको जोखिम न्यूनीकरणका लागि बीमा कार्यक्रमको सुरुवात, राष्ट्रिय बाघ गणनाको तथ्याङ्क विश्लेषण र जैविक विविधता संरक्षणका लागि विभिन्न अनुसन्धान तथा इन्टर्नसिप कार्यक्रमहरू सञ्चालनमा ल्याइएको जानकारी गराइयो।
त्यसैगरी, स्थानीय तहसम्म वन क्षेत्रको नक्सा र सूचना सहज पहुँचमा पुर्याउन 'वेब पोर्टल' सञ्चालन गरिएको र जैविक विविधतासम्बन्धी सातौँ राष्ट्रिय प्रतिवेदन अन्तर्राष्ट्रिय निकायमा पेस भइसकेको विषयमा पनि छलफल भएको थियो। राष्ट्रिय निकुञ्ज व्यवस्थापन हस्तान्तरण प्रक्रिया समेत अन्तिम चरणमा पुगेको पूर्वमन्त्री चौलागाईंले उल्लेख गर्नुभयो।
सीमित स्रोत र संरचनागत चुनौतीका बाबजुद नीतिगत सुधार र सेवा प्रवाहमा सकारात्मक प्रयासहरू भएको बताउँदै उहाँले आगामी दिनमा थप प्रभावकारी नतिजा आउने विश्वास व्यक्त गर्नुभयो। जवाफमा मन्त्री चौधरीले वन संरक्षणलाई प्राथमिकतामा राख्दै विकास निर्माणमा देखा परेका नीतिगत गाँठा फुकाउन आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।