- ओली र लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले दिएको जानकारीअनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जमा रहेको २ नम्बर गणमा लैजाने तयारी गरिएको छ । ओली र लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।
पक्राउपछि उनीहरूलाई प्रहरी परिसर काठमाडौँ हुँदै अस्पताल लगिएको थियो । अस्पतालमा चेकजाँचपछि २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’